परिचय

E-mail Print PDF

हिमालपारिको जिल्लाको नामले समेत चिनिने यस मनाङ जिल्ला विश्व प्रख्यात अन्नपूर्ण राउण्डको मुख्य क्षेत्र जहां ससंार भरका मानिसले पाइला टेकिसकेका छन, सुन्दर हिमाली जिल्ला हो । यस जिल्लाको अधिकांश भू भाग पर्वत र हिम शिखरहरुले भरिएका छन । यस जिल्लाको मुख्य आर्कषणको केन्द्र विश्वको र्सवाधिक उचाईमा अवस्थित तिलिचो ताल नै हो, जहां पुग्दा र्स्वर्गको अनुभुति गर्न सकिन्छ । यस जिल्लालाई मर्स्याङ्दी नदीले शुरु देखि अन्त सम्म पछ्याउदै वगिरहेको छ । दुइ शव्दमा जिल्लाको परिचय दिनु पर्दा नेपालको पर्यटकीय क्षेत्रहरु मध्ये एक मुख्य र सर्वोत्तम गन्तव्य क्षेत्रको रुपमा लिने गरिन्छ ।                                                                          

मनाङ जिल्लालाई पहिला मनाङ भोट भनिन्थ्यो । जिल्लाको ङावल गाउ विकास समितिमा घले राजाको दरवार रहेको र घले राजाले शासन गरेको प्रमाणहरु ढुङ्गा सहितका दरवारका थुम्का अवशेषहरुले आफै बताउछन् । तिव्वतसगं नजिक रहेका नार र फू गा. वि. स. हरुका प्रवेशद्धारमा ठूला ठूला ढोकाहरु तथा गा. वि. स. मा प्रवेश गर्ने नाकाहरुका अग्ला अग्ला पुराना ढुङ्गा र माटाले वनाइएका सुरक्षा क्याम्पहरुका अवशेषहरुले पनि यसका ऐतिहासिकता दर्शाउदछन् । यस्ता क्याम्प निर्माण गर्नुको मुख्य उद्देश्य त्यतिवेला तिव्वतवाट भागेर आएका खम्पाहरुको आक्रमणवाट सुरक्षित हुनको लागि भएको अनुमान गर्न सकिन्छ । यस जिल्लाका माथिल्ला गा. वि. स. हरुमा वसोवास गर्ने वासिन्दाहरु तिव्वतीयन मुलका नेपालीहरु रहेका देखिन्छन ।

मनाङ जिल्ला पश्चिमाञ्चल विकास क्षेत्र अर्न्तर्गत गण्डकी अंचलमा पर्ने हिमाली जिल्ला हो । क्षेत्रफलको दृष्टिले गण्डकी अंचलका जिल्लाहरु मध्ये दोश्रो ठूलो जिल्ला र जनसंख्याको दृष्टिले नेपाल राज्यको सवैभन्दा सानो जिल्ला हो । यो जिल्ला समुद्र सतहदेखि १८८० मीटर देखि ८१५६ मीटर सम्मको उचाईमा अवस्थित छ । जिल्लाको क्षेत्रफल करिव २२४६ वर्ग कि.मी.रहेकोे छ । यस जिल्लाको पर्ूवमा गोरखा जिल्ला, पश्चिममा मुस्ताङ र म्याग्दी जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तिव्बत र दक्षिणमा कास्की र लमजुङ जिल्लाहरु पर्दछन् । अति उच्च भूभागमा रहेको यो जिल्लाको कुनैपनि भू भाग छ हजार फिट भन्दा कम होचा छैनन् । अग्ला अग्ला भिराला पहाडहरु र उच्च हिमश्रृङखलाहरु, हिमनदी, थुप्रै खोलानालाहरु यस जिल्लाका आफ्नै विशेषताहरु हुन् । हिमालै हिमालले घेरिएको यस जिल्लाको पुर्ववमा मनास्लु हिमाल (८१५६ मी) पश्चिममा दामोदर र मुक्तिनाथ (५९७७ मी.) दक्षिणमा अन्नपुर्ण हिमाल -७९३९ मी.), लमजुङ हिमाल (६९८३ मी.) र उत्तरमा तिव्वतको पेरी र चीन हिमाल (६३४६ मी.) पर्दछन् । यस वाहेक पिसाङ पिक, तिलिचो पिक, गंगापुर्ण हिमाल, छिमलुङ पहिलो र दोस्रो, रत्नपुरी, माँगु हिमाल जस्ता उच्च हिम शिखरहरु पनि यसै जिल्ला भित्र रहेका छन ।

यो जिल्ला विश्व मान चित्रमा हेर्दा ८२० ४८' देखि ८४० ३४' पर्ूर्वी देशान्तर सम्म र २८० २७' उत्तर देखि २८० ५४' उत्तरी अक्षाँशसम्मको भौगोलिक अवस्थितिमा यो जिल्ला फैलिएको रहेको छ । यो जिल्लालाई संसारको अग्लो स्थानमा रहेको तिलिचो ताल -४९१९ मी.) लगायत गंगापुर्ण ताल र अन्य स-साना ताल तलैयाहरुले धपक्कै सिंगारेकाछन् ।

हिमाली जिल्ला भएको र अधिकांश समय विशेष गरी कार्तिक देखि वैशाखसम्म धेरैजसो क्षेत्रहरुमा हिउं परिरहने भएको हुनाले यस जिल्लाको हावापानी अनुसार शीतोष्ण र समशीतोष्ण दुवै प्रकारको बनस्पतिहरु पाइन्छन् । यहाँ पाइने प्रमुख बनस्पतिहरुमा धुपी सल्ला, गोब्रे सल्ला, लाली गुराँस, पेहेलो गुरांस, सेतो गुराँस जस्ता विविध थरीका गुरांसहरु, भोजपत्र, भोटेपिपल, रुइस, उत्तिस, थरिथरिका निगालाहरु र सदरमुकाम देखि माथिल्लो भू भागमा विभिन्न प्रकारका स-साना काँडादार वनस्पतिहरु समेत पाइन्छन् । यहांका नदीहरुमा मर्स्याङदी, दूध खोला, नार खोला र सव्जे खोलाहरु मुख्य रहेकाछन । यी सवै नदीहरु हिमालवाट शुरु भएका प्रथम स्तरका हुन । यस जिल्लामा पाइने महत्वपुर्ण जडिबुटीहरुमा यार्सर्ााम्बा, पाँचऔले, पाखनभेद, निरमसी, जटामसी, भूतकेश, वन लसून र सुगन्धवालहरु आदि हुन । यसै गरी यस जिल्लामा पाइने मुख्य वन्य जन्तुहरुमा हिउँ चितुवा, भालु, बाँदर, घोरल, झारल, कस्तुरी, मृग, थार, नाउर र स्याल आदि हुन । नेपालको राष्ट्रिय पंक्षीको स्थान ओगटेको राष्ट्रिय चरा डाँफे, मुनाल र कालिज लगायत अन्य चराचुरुङगीहरु समेत यहंा प्रशस्त पाइन्छन् ।

मनाङ जिल्ला क्षेत्रफलको आधारमा गण्डकी अञ्चलको दोश्रो ठूलो जिल्ला हो तापनि जनसख्यांको दृष्टिकोणवाट नेपाल राज्यको सवैभन्दा कम जनसख्या एवं जनघनत्व भएको जिल्ला हो । गण्डकी अञ्चलको उत्तर पश्चिमी सिरानीमा अवस्थित यस जिल्लाको सदरमुकाम चामे हो । गोरखा, लम्जुङ, कास्की म्याग्दी र मुस्ताङ तथा मित्र राष्ट्र चीनको स्वाशासित क्षेत्र तिव्वतको वीचमा रहेको यस जिल्लालाई प्रशासनिक रुपमा ९ वटा इलाकाहरु तथा १३ वटा गा. वि. स. हरुमा विभाजन गरिएको छ भने संविधान सभाको निर्वाचनमा भौगालिक क्षेत्रको आधारमा यस जिल्लालाई एक निर्वाचन क्षेत्रको रुपमा कायम गरिएको छ ।

 

मन्तब्य

blankimage

सबैका लागि शिक्षाको सुनिश्चिततासहित गुणस्तरीय शैक्षिक वातावरण तयार गर्न हामी सबैको ध्यान पुग्न आवश्यक छ । मुलुकको भूगोल, सामाजिक आवश्यकता तथा अन्तराष्ट्रिय परिवेश सुहाउँदो शैक्षिक विकास गर्ने क्रममा अहिले विद्यालय क्षेत्र सुधार व्यक्तिको सर्वतोमुखी विकासका लागि शिक्षा क्षेत्रबाट नै बलियो आधार तयार गर्नु पर्दछ । एक्काइशौँ शताब्दी सूचना र प्रविधिको युग रहेछ । बाँकी........


परिपत्रहरु

सूचनाहरु

फोटो ग्यालरी

There are no images available in the gallery.